Logo
|
Saturday 20th April 2024
Logo

epaper

लोसपाका अध्यक्ष महन्त ठाकुर ग्रान्डी अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही जानुभएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि उहाँलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले जानकारी दिनुभयो ।

अहिले ठाकुरको स्वास्थ्य अवस्था सामान्य छ । स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौँ लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको उहाँको भनाई छ ।

अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको छ । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्