Logo
|
Friday 19th April 2024
Logo

epaper

आज “स्वच्छ वातावरण,स्वस्थ नेपाली” भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं । “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने मूल नाराका साथ आज विश्व स्वास्थ्य दिवस २०२२ दिवस मनाइँदै छ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व विश्व स्वास्थ्य दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा छलफल गर्ने र विश्वभरका मानिसहरूलाई सरोकार राख्ने विशेष स्वास्थ्य समस्याहरूमा ध्यानाकर्षण गराउने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य दिवस सन् १९५० देखि मनाउन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विश्वमा १० मध्ये ९ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन्। प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै नेपालमा हरेक वर्ष वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरूको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरूले गर्दा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्