Logo
|
Friday 19th April 2024
Logo

epaper

डा. प्रिती भुसालले महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने हुनुभएको छ ।

अस्पतालले बुधवार एक कार्यक्रमको आयोजना गरी डा भुसाललाई आरोहणको शुभकामना सहित बिदाइ गरेको हो । डा भुसाल आगामी हप्ताको मङ्गलवार सगरमाथातर्फ प्रस्थान गर्नुहुनेछ ।

कार्यक्रममा डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो ।

कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्य सगरमाथा आरोहण गर्न लागेको उहाँको भनाई छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसक्नुभएको छ ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डी अस्पतालको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको भन्दै डा भुसाललाई सगरमाथा सफल आरोहणको शुभकामना व्यक्त गर्नुभयो ।

अर्घाखाँची स्थायी घर भएकी डा भुसाल काठमाडौँको बाँसबारीमा बस्दै आउनुभएको छ । उहाँ हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्