Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डको मोबाइल एप्लिकेसन सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक भएको छ ।


स्वास्थ्य बीमा दिवसको अवसरमा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बोर्डको मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गर्नुभएको हो ।


यस्तै, राज्यमन्त्री खापुङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन नवीकरण सेवाको उद्घाटन समेत गर्नुभएको छ ।


एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाउन सकिने बोर्डका सूचना अधिकारी सोभियत रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्