Logo
|
Saturday 20th April 2024
Logo

epaper

जेष्ठ नागरिक अस्पताल बनाउन सैद्धान्तिक सहमति दिने निर्णय



जनस्वस्थ्य सरोकार, काठमाडौँ । सरकारले जेष्ठ नागरिक अस्पताल बनाउन सैद्धान्तिक सहमति प्रदान गरेको छ ।


बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेष्ठ नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।


उहाँका अनुसार अस्पताल निर्माण लागि स्वास्थ्य मन्त्रालयले सह–सचिव मदन भुजेलको नेतृत्वमा तीन सदस्य टोली गठन गरिएको छ ।
अस्पताल निर्माणका लागि चितवन र हेटौँडामा जग्गा खोजी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्