Logo
|
Saturday 21st May 2022
Logo

epaper

भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ११ सय बढी संक्रमित



एजेन्सी । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ५० कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै हाल भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २१ हजार ६ सय ५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्