आजदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सुरु
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा ३१ जना देशभित्रका र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र प्रस्तुत हुनेछन् । त्यस्तै पोस्टर प्रस्तुतिकरणका लागि ८७ वटा अवधारणाहरु छनोट गरिएका छन्। उक्त सम्मेलन चैत २९ गतेसम्म हुनेछ ।