Logo
|
Thursday 25th April 2024
Logo

epaper

तनहुँमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, तनहुँ । जंगली च्याउ खाएर बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँकी ४७ वर्षीय सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत चैत १८ गते जंगलमा च्याउ खोजेर घरमा ल्याएर खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

च्याउ खाएर बिरामी भएपछि सुनिमाया थापालाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाँदा अन्य दश जना बिरामी भएका थिए । बिरामीहरूमध्ये केही अझै अस्पतालमै रहेको र केहीभने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्