Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भारतमा ८ सय ६१ जना कोरोना संक्रमित थपिदा,११ हजार ५८ सक्रिय संक्रमित



एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै संक्रमणका कारण ६ जनाको मृत्यु भएको त्यँहाको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४,३०,३६,१३२ पुगेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ५,२१,६९१ पुगेको छ । तर, संक्रमितको सक्रिय संख्या घटेर ११ हजार ५८ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या ४,२५,०२,४५४ पुगेको छ भने हाल मृत्युदर १.२१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्