Logo
|
Friday 19th April 2024
Logo

epaper

न्युयोर्कका मेयरलाई कोरोना संक्रमण



एजेन्सी । अमेरिकाको न्युयोर्क शहरका मेयर एरिक आडम्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनको कार्यालयले जनाएको छ ।

मेयर आडम्सको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । रिर्पोट पोजेटिभ आएपछि एक हप्ताको लागि उनले सार्वजनिक कार्यक्रमहरुमा सहभागीता नजनाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाल न्युयोर्कमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । गत शनिबारको रिपोर्ट अनुसार त्यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना संक्रमण देखिएको थियो । न्युयोर्कका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ । त्यहाँ हालसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्