Logo
|
Thursday 18th April 2024
Logo

epaper

लमजुङमा वर्षेनी थपिन्छन् ३ हजार टाइफाइडका बिरामी



जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान चैत ३० गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशतमा टाइफाइड हुने गरेको छ । तीन वर्षको तथ्याङ्क अनुसार यहाँ वर्षेनी करिब तीन हजारमा टाइफाइड हुने गरेको छ । देशभरी एकै चरणमा चैत २५ देखि वैशाख १८ भित्र सम्पन्न गर्ने भए पनि लमजुङमा भने २५ देखि ३० चैतसम्म अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

उनका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एक मात्रा खोप लगाइनेछ । ४१ हजार दुई सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको उनको भनाइ छ । नियमित खोप मार्फत१५ महिनाका सबै बालबालिकालाई एक मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन भएकोे दवाडीले बताए ।

नेपालमा पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्