Logo
|
Thursday 18th April 2024
Logo

epaper

सुगर, थाईराइड, इन्डोक्राइनोलोजी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुगर, थाईराइड, इन्डोक्राइनोलोजी एण्ड मल्टिस्पेसियालिटि सेन्टर (स्टेम) ले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

सेन्टरले नयाँ वर्षको अवसरमा सुगर–मधुमेह, थाइरायड र हर्मोन (बच्चाहरुको कद नबढ्ने, महिलामा बाझोपन, कुशिङ सिन्ड्रोम, पोलिसिस्टिक ओभरिअन डिजिज, डण्डीफोर, छाला तथा अनुहारमा अत्यधिक रौं उम्रिने इत्यादि) रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

हेल्थ क्याम्प वैशाख ४ गते आइतबारदेखि वैशाख १० गते, शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । इच्छुक व्यक्तिहरूले समयमा नै आफ्नो नाम दर्ता गराउन सक्नेछन् । ओपीडी रजिष्ट्रेशन खुल्ला भइसकेको कम्पनीले जनाएको छ ।

मधुमेह तथा थाइरायड विषेशज्ञसँगको ओपिडि सेवा १०० प्रतिशत छुट पाइनेछ । सुगर परिक्षण र दन्त चिकित्सक परामर्श सेवामा पनि १०० प्रतिशत छुट पाइनेछ । १०० मधुमेह तथा थाइरायड विषेशज्ञद्वारा सुझाइएका औषधिमा १० दिनको औषधिहरु निशुल्क प्राप्त गर्न सकिन्छ । प्याथोलोजी परिक्षणमा, भिडियो एक्स(रे तथा रेडियोलोजी परिक्षणमा, डाईटिसिएन कन्सल्टेशनमा र फार्मेसी सेवामा १० प्रतिशत छुट पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्