Logo
|
Saturday 20th April 2024
Logo

epaper

झापा बन्यो कोरोनामुक्त जिल्ला



जनस्वास्थ्य सरोकार, झापा । झापा जिल्लामा कोडिभ–१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमित देखिएका छैनन् ।

कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच, छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ देखिएको छैन् ।

पौडेलका अनुसार सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण नियमित भइरहेको छ । झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्