Logo
|
Saturday 20th April 2024
Logo

epaper

दुवाकोटको वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सेवा सुरु



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको दुवाकोटस्थित विस्तारित वीर अस्पतालले एक्सरे सेवा र प्रयोगशाला परीक्षण सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गर्नुभएको हो ।

भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता अन्त्य भएको सचिव डा पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्