Logo
|
Thursday 28th March 2024
Logo

epaper

थपिए १२ कोरोना संक्रमित, ३६ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ३ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्