Logo
|
Thursday 28th March 2024
Logo

epaper

भोजपुरमा १४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



फाइल फोटो

जनस्वास्थ्य सरोकार, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका करिब १४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार भोजपुरका दुई नगरपालिका र सातवटा गाउँपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमका लागि ५ सय ६७ जना स्वयंसेविका परिचालन गरिएको छ ।

६ महिनादेखि पाँच वर्षसम्मका १३ हजार ७ सय ९२ जनालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका १२ हजार १ सय ९१ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य स्वास्थ्य कार्यालय भोजपुरले लिएको छ ।

७ सय ५३ वटा नै पालिकाका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

भिटामिन ‘ए’ खुवाउनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या देखिने गरेकाले सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्