Logo
|
Thursday 25th April 2024
Logo

epaper

उपचारका क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ



जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ परेका हुन् ।

प्यारालाइसिसको बहाना बनाएपछि कारागार प्रशासनले उनलाई उपचारका लागि काठमाडौं ल्याएर केन्द्रीय कारागारमा राखेको थियो । तर उपचारका लागि वीर अस्पताल लग्दा उनी अस्पतालबाटै फरार भएका थिए ।

यसै क्रममा बैशाख ५ गते दिउँसो उनलाई प्रहरीले बुढानिलकण्ठको राधाकृष्ण मन्दिरबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा आवश्यक कारवाहीका लागि केन्द्रीय कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्