Logo
|
Monday 23rd May 2022
Logo

epaper

छिमेकी राष्ट्रमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो समय संख्यात्मक रुपमा कोरोना संक्रमण केहि कम भए पनि महामारीको जोखिम कायम नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल भारत लगायतका छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमणको जोखिम बढेकोले नेपालमा पनि सतर्कता अपनाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने सबैमा मन्त्रालयले आभार प्रकट गर्दै खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्