अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
हाल घाइतेहरूको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा र पाटन हस्पिटलमा भइरहेको छ। औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।