Logo
|
Thursday 25th April 2024
Logo

epaper

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित



जनस्वास्थ्य सरोकार । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 

कोरिया रोग नियन्त्रण र रोकथाम निकायका अनुसार अघिल्लो दिन कोरोना सङ्क्रमितको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो । गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ  । यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ । 

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ ।  दक्षिण कोरियामा कोरोना विरुद्व खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ  ।  उक्त संख्या कुल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्