Logo
|
Friday 27th May 2022
Logo

epaper

अबदेखि कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको ३ महिना पूरा भएपछि बुस्टर डोज लगाउन मिल्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अबदेखि कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको ३ महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएपछि मात्र बुस्टर डोज लगाउन भनिएको थियो ।

तर पछिल्ला अध्ययनहरुले पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएपछि बुस्टर डोज लगाउन मिल्ने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै उपलब्धताका आधारमा १८ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्