Logo
|
Friday 19th April 2024
Logo

epaper

राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा.टेड्रोसद्वारा शिष्टाचार भेट



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोनाको महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओका महानिर्देशक डा.टेड्रोसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना भाइरसको खोप धेरै जनालाई लगाएकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।

डा.टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले डब्लुएचओले नेपाललाई गर्ने सहयोगका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको पनि ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीबार नेपाल आउनुभएका महानिर्देशक डा.टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्