Logo
|
Friday 19th April 2024
Logo

epaper

सांघाईमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु



एजेन्सी । चीनको सांघाईमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सांघाईमा पछिल्लो समय दिनहुँ जसो संक्रमणका कारण मानिसहरुको मृत्यु भइरहेको छ ।

यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । शुक्रबार सांघाईमा २० हजार ६ सय ३४ जना संक्रमित थपिएका थिए ।

पछिल्लो समय कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्