Logo
|
Thursday 25th April 2024
Logo

epaper

आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित लोपोन्मुख किसान समुदाय



जनस्वास्थ्य सरोकार, झापा । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुन सकेका छैनन् ।

आर्थिक अभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरु आवद्ध हुन नसकेको जनाएका छन्। ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु एकमुष्ट रकम तिर्न नसक्दा स्वाथ्य बीमामा जोडिन नसकेका हुन्।

मेचीनगरका विभिन्न स्थानमा करिब १ हजार ९ सय किसानको बसोबास रहेको छ तर अझैसम्म पनि स्वास्थ्य बीमा गर्न नसकेको जनाएका छन्। ‘एकैपटक त्यति धेरै पैसा कहाँबाट ल्याउनुु’ मेचीनगर–९ की ५५ वर्षीया कुमारी किसानले भनिन्, ‘मजदुरी गरेर ल्याएको पैसा खानै ठिक्क हुन्छ, अनि कसरी गर्नु र बीमा।’

सरकारले ५ जनाको परिवार बराबर रु तीन हजार ५ सय र त्यो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ५ सयका दरले थप्नुपर्ने बिमाको नियम बनाएको छ। जसबाट परिवारका सदस्य बिरामी परेमा तोकिएको अस्पतालबाट रु एक लाख बराबरको औषधोपचार गर्न पाइनेछ। यी सबै विषयमा जानकारी लिएका किसान समुदाय भने आर्थिक अभावले बीमा गर्न नसकेको बताउँछन्।

समुदायले राजा भनेर मानेका सुन्दरलाल किसान, अगुवा मानिएका जोगी किसानले समेत स्वास्थ्य बीमा अझै गरेका छैनन्। उनीहरुले बीमा गराउन भनेर केही वर्षअघि बस्तीमा अभिकर्ता आए पनि फेरि फर्किएर नआएको कारण पनि गर्न नसकेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्