Logo
|
Friday 29th March 2024
Logo

epaper

१३ जनामा कोरोना संक्रमण, २ सय ६९ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।

यससँगै हालदेशभर कोरोना संक्रमितको सक्रिय संख्या २ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्