Logo
|
Tuesday 16th April 2024
Logo

epaper

कर्णाली प्रदेशमा घट्दै औलोका बिरामी



जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८र०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् । यो विगतका वर्षको तुलनामा निकै कम हो ।

आर्थिक वर्ष २०७८र०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताउनुभयो ।

‘नेपालमा औलोका बिरामी प्रायस् भारतबाट फर्कनेमा देखा पर्ने गरेको छ ।’ उहाँले भन्नुभयो– ‘कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन् ।’

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी फेला परेका छन् ।

हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुम पश्चिममा एक जना औलोका बिरामी फेला परेका छन् ।

जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ । सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्यालयले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्