Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा ३० लाख बढीले लगाए कोरोना विरुद्धको बुस्टर डोज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् । नेपालको कुल जनसङ्ख्याको ६६.९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

१२ देखि १८ वर्षसम्मका दुई करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत रहेको छ । नेपालमा खोप अभियान सुरु भएदेखि ४ करोड १४ लाख ५६ हजार ८१२ मात्रा खोप लगाइएको छ । त्यस्तै, मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्