Logo
|
Thursday 25th April 2024
Logo

epaper

जोशिला युवा जो हेल्थकेयर म्यानेज्मेन्टलाई व्यवहारमा उतार्दै छन्




जनस्वास्थ्य सरोकार, काठमाडौँ । कहिले पुग्छन् पश्चिम क्षेत्र प्युठान, कहिले अर्घाखाँची त कहिले पूर्वको जनकपुर, विराटनगर । केही दिनको अस्पतालको सेवा विस्तारका कार्यक्रम सकेर फर्किन्छन् फेरि राजधानी । अस्पतालमा बस्दा पनि उनलाई फुर्सद हुँदैन ।

जतिखेर पनि अस्पतालको सेवा विस्तारका योजना बनाउनमै व्यस्त । पत्रकारसँग कुरा गर्न पनि उनी नै । कम्प्युटरमा बसेर डिजाइन बनाउन पनि त्यत्तिकै सिपालु । हँसिलो र फरासिलो स्वभाव छ ।

धेरै हाकिमहरुको अन्डरमा काम गर्नुपर्दा हरेकको सोच अनुसार चलिदिनुपर्ने बाद्यता छ उनलाई । तर जे होस् निकै सक्रिय छन् । धैर्य र साहसमा अघि बढेका छन् युवा जोसका साथ रोशन अधिकारी । नोवेल कलेजबाट हेल्थ केयर म्यानेज्मेन्टमा स्नातक गरेका उनी ह्याम्सको मार्केटिङ विभागमा विगत २ वर्षदेखि सक्रिय छन् ।


यसअघि अध्ययनको सिलसिलामा रहँदा रोशनले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटल, बुटवलको लुम्बिनी सिटी हस्पिटलमा जनसम्पर्क अधिकृत भएर काम गरेका थिए । भन्छन्—‘त्यसपछि अस्पताल व्यवस्थापनसम्बन्धि डिग्री लिन मन लाग्यो । काठमाडौंको पोखरा युनिभर्सिटीअन्तर्गतको नोबेल कलेजमा सन् २०१६ मा भर्ना भएर ४ वर्षको हेल्थकेयर म्यानेज्मेन्टसम्बन्धि स्नातक अध्ययन पूरा गरेँ ।’


उनमा दिल्लीस्थित म्याक्स हस्पिटलको म्याक्स पेसेन्ट असिस्टेन्ट सेन्टरमा काठमाडौंबाट नेतृत्व गरेको अनुभव छ । हेल्थकेयर म्यानेज्मेन्ट एजुकेस्नल कोर्ष हो जहाँ अस्पताल व्यवस्थापनलाई लक्षित गरेर अध्ययन अध्यापन हुने गर्छ । ‘भैरहवामा बीबीएस पढेर विभिन्न अस्पतालमा काम गरेको अनुभवसँगै हेल्थ केयर म्यानेज्मेन्ट अध्ययन गर्न काठमाडौं आएको थिएँ ।’


हेल्थ केयर म्यानेज्मेन्टमा अस्पताल म्यानेजम्यान्ट र प्रशासकीय टेक्निकल कोर्षको अध्ययन हुने गर्छ । फस्ट सेमेस्टरमा एनाटोमी विषय पनि अध्ययन गर्नुपर्छ । साथै हस्पिटल प्लानिङ जस्तोः फार्मेसी, एक्सरे, वार्डहरुको साइज, वेडहरुको बीचमा कति ग्याप छोड्ने ? कति वेडको अस्पताल सञ्चालन गर्न कति जनशक्तिको आवश्यकता पर्छ ? कुन तहमा कति जनशक्ति छुट्याउनुपर्छ लगायत सम्पूर्ण योजनाबारे अध्ययन हुन्छ । यसरी हेल्थकेयर म्यानेज्मेन्टमा हेल्थकेयर कानुन, न्युट्रेसनदेखि प्लानिङ, एकाउन्ट, मानव संसाधन तथा म्यानेज्मेन्टसम्बन्धि कोर्ष अध्ययन गराइन्छ ।

हेल्थकेयर म्यानेज्मेन्ट गर्दा ४ वटा इन्टनर्ससिप गर्नुपर्ने हुन्छ । जो अस्पतालमा काम नगरी फ्रेसरको रुपमा पढ्न गएका व्यक्तिले पनि इन्टर्नसिपको बेला अस्पतालको अनुभवहरु हेर्ने गर्छन् । उदाहरणका लागि तेस्रो सेमेस्टरमा अस्पतालको ओपिडी, इमर्जेन्सी र मेडिकल रेकर्ड गरी ३ वटा डिपार्टमेन्टमा काम गर्नुपर्छ । अध्ययनका सिलसिलामा नेपाल सरकारले गरेका कार्यक्रमहरु जस्तै— आमा सुरक्षा, डट्स कार्यक्रमहरुलगायत नेपाल सरकारको डाइरेक्ट नेतृत्वका कार्यक्रमको रिसर्च गर्नुपर्छ । फाइनलमा पार्टिकुलर एउटा विषय लिएर ओभरअल रिसर्च गर्नुपर्छ ।

रोशनले ‘ओपिडी पेसेन्ट वेटिङ टाइम’ मा रिसर्च गरेका थिए । भन्छन्—‘ओपिडीमा आउने वेटिङ टाइमलाई कसरी ध्यानाकर्षण गर्न भन्ने कुरा राम्रोसँग अभ्यासमा उतार्नुपर्छ ।’ यसरी अध्ययन र अभ्यास दुवै गरेर उत्तीर्ण भएको व्यक्तिले प्रखर रुपमा अस्पताल व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ ।


रोशन भन्छन्— ‘शुरुशुरुमा इन्टर्नसिपमा जाँदा हेल्थ केयर म्यानेज्मेन्ट भनेको के हो त ? भनेर धेरैले प्रश्न गरे, धेरैले चिनेनन् र बुझेनन् । तर अहिले नेपाल सरकारले अस्पतालहरुमा पद खुलाउँदा पनि अस्पताल व्यवस्थापकको पोष्टमा रिक्वायर्ड डकुमेन्टमा अस्पताल व्यवस्थापकमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने कोडिङ गरेको छ ।’


हाल धेरै अस्पतालहरुबाट हेल्थकेयर म्यानेज्मेन्ट अध्ययन पूरा गरेका व्यक्तिको माग बढ्दो छ । विगत एक दशकदेखि हरेक अस्पतालले हेल्थकेर म्यानेज्मेन्ट अध्ययन गरेका व्यक्तिको माग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्