Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर १७ जनामा कोरोना सङ्क्रमण, २१ सङ्क्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमुना परीक्षण गरिएको थियो । दुई हजार ९०५ जनाले पिसिआर र एक हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा २१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७८९ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २२ हजार १०६ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २०१ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा २०० र संस्थागत आइसोलेसन र आइसियुमा एक जना सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्