Logo
|
Friday 29th March 2024
Logo

epaper

हप्तामा दुई दिन अस्पताल र स्वास्थ्य संस्था बिदा दिने निर्णय राजपत्रमा प्रकाशित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले हप्तामा दुई दिन अस्पताल र स्वास्थ्य संस्थामा बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।

गृहमन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार अस्पताल र स्वास्थ्य संस्थामा बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।

यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ः३० बजेदेखि बेलुका साढे ५ः३० बजेसम्म हुनेछ ।

यस्तै निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्