Logo
|
Saturday 20th April 2024
Logo

epaper

भारतमा थपिए दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित



जनस्वास्थ्य सरोकार, काटमाडौँ । भारत २४ घण्टाको समयावधि अर्थात् मङ्गलवार मधयरातिसम्म दुई हजार  ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार बिहान जानकारी दिएको छ । 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो ।  यद्यपि मङ्गलवार भने केही कमी देखिएको हो ।

२४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ । 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १५७ पुगेको छ । भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ४९४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमित बढेको पाइएको छ ।  चौबिस घण्टाको समयावधि अर्थात् शनिबार मध्यरातिसम्म दुई हजार ९८६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ६६ हजार ९३५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्