Logo
|
Thursday 28th March 2024
Logo

epaper

लेक लागेर म्यादी प्रहरीको मृत्यु



जनस्वास्थ्य सरोकार, दुनै । चुनावी सुरक्षाका लागि उपल्लो डोल्पामा खटिएका म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको छ।

जिल्लाको ठूलीभेरी नगरपालिका –७ घर भएका २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो। उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो।

मृत्यु भएका म्यादी प्रहरीको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम दुनै ल्याउने तयारी भएको छ। तर, बोकेर ल्याउन सकिने अवस्था नभएपछि हेलिकोप्टरको माग गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोस्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकाले हेलिकप्टर माग गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्