Logo
|
Friday 19th April 2024
Logo

epaper

भक्तपुरका विद्यालय सातामा दुई दिन बिदा नहुने



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर नगरपालिकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ ।

‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’ भक्तपुर नगरपालिकाको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्