Logo
|
Friday 29th March 2024
Logo

epaper

गर्भवति तथा सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा



जनस्वास्थ्य सरोकार, दैलेख । दैलेखको दुल्लू नगरपालिकाले गर्भवति तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।

दुल्लू नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भरत प्रसाद रिजालले पदभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती तथा प्रसूति महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको हो ।

उपचारको क्रममा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार अन्य अस्पतालसम्म पुग्नको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उल्लेख छ।

उपचारका लागि बाहिर जानुपर्ने अवस्थामा दुल्लु अस्पतालको सिफारिसमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्