Logo
|
Friday 19th April 2024
Logo

epaper

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना



जनस्वास्थ्य सरोकार, जुम्ला। जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन्। कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५/२० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्