Logo
|
Friday 19th April 2024
Logo

epaper

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले गर्यो सर्तक रहन अपिल



जनस्वास्थ्य सरोकार, काठमाडौं । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनु भयो । उहाँले । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ । कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ ।’

उहाँले थप्नुभयो–’कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ । कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क ग¥यौं भने त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन ।’

सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताउनु भयो । उहाँले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गर्नुभयो । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनु भयो । मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताउनु भयो । उहाँले मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘यो शरीरमा प्रवेश गरेपछि शरीरमा फोकाहरु हुने, विमिरा आउने, ज्वरो आउने, ग्रन्थीहरु सुन्निनेजस्ता समस्या हुनसक्छ । बालबालिकाहरुलाई यसले अलि बढी असर गर्दछ । सरसफाइमा ध्यान दिऔँ, बाहिरबाट आएका व्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने, दूरी कायम गर्नुपर्छ । साथै व्यक्तिगत सरसफाई गर्नुपर्छ । हामीले अहिलेसम्म त्यस्तो पाएका छैनौँ । प्रवेश नाकाहरुमा निगरानी गर्ने कुरालाई चुस्त दुरुस्त बनाउनका लागि आवश्यक तयारी गरेका छौँ । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा छौँ । प्राविधिक रुपमा आएका सुझावका आधारमा सरकारले लिने आवश्यक कदम हामी लिँदै जान्छौँ ।

प्रतिक्रिया दिनुहोस्