Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालन गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालन गरिने बताउनुभएको छ ।

नयाँ आर्थिक वर्षका लागि सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वास्थ्य पूर्वाधार, अक्सिजन, र जनशक्ति व्यवस्थापनमा सबै तहका सरकार लागि पर्ने बताउनुभएको हो ।

मंगलबारको प्रतिनिधी सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले कोरोना महामारीको नियन्त्रणमा उल्लेखनीय उपलब्धी हाँसिल गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ।’

साथै उहाँले हालसम्म ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्