Logo
|
Friday 19th April 2024
Logo

epaper

डब्लुएचओको महानिर्देशकमा डा टेड्रोस पुन: निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित हुनुभएको छ ।

स्वीजरल्याण्डको जेनेभामा जारी ७५ औँ विश्व सम्मेलनमा डब्लुएचओका सदस्य राष्ट्रहरुले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो।

डा टेड्रोस सन् २०१७ मा पहिलो पटक पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँ फेरि थप पाँच वर्षका लागि महानिर्देशकमा निर्वाचित हुनुभएको हो ।

यसपटक महानिर्देशक पदका लागि डा टेड्रोस मात्र उम्मेद्वार हुुनुहुन्थ्यो। मंगलबार निर्वाचित भएपनि डा टेड्रोसले दोस्रो कार्यकाल आगामी १६ अगष्टदेखि सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस्