Logo
|
Friday 19th April 2024
Logo

epaper

मङ्कीपक्स भाइरसको त्रासः संक्रमण पुष्टि भएका देशबाट आउने नागरिकलाई २ हप्ता घरमा बस्न मन्त्रालयको अनुरोध



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई कम्तीमा दुई हप्ता घरमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमा मन्त्रालयले सुझाएको हो ।

उहाँले मङ्कीपक्स भाइरस चाँडो नसर्ने भएकाले त्रसित नहुन आग्रह गर्दै यस भाइरस प्रति भने सजग र सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्