Logo
|
Friday 19th April 2024
Logo

epaper

घट्दो कोरोना संक्रमणः बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि




जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।


देशभरबाट १ हजार ८८९ नमूनाको पीसीआर र ८२८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पीसीआरबाट ४ र एन्टिजेनबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार, बुधबार थप ९ जना कोरोनामु्क्त भएका छन्। यो सँगै हाल सम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ।

मन्त्रालयले हाल कोरोना सक्रिय संक्रमितको संख्या १२८ रहेको जनाएको छ।

पछिल्लो २४ घन्‍टामा ४७ हजार ९७९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको आँकडामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्