देशभर ६ जना कोरोना संक्रमित थपिँदा १३ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २४११ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १०२ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।