
जनस्वास्थ्य सरोकार, कञ्चनपुर। कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ ।
आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको छ । स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४ सँै घण्टा उपलब्ध गरानका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताउनुभयो ।
“सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्यचौकीमा २४ सैँ घण्टा सेवा प्रदानका लागि स्वास्थ्यकर्मी व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक बिदा र कार्यालय बिदा भएपछि सर्वसाधारणले स्वास्थ्यचौकीबाट सेवा पाउनबाट वञ्चित रहनुपर्ने अवस्था थियो, त्यसको अब अन्त्य हुने भएको छ ।”
नियमितरुपमा सञ्चालन हुँदै आइरहेको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराउनुभयो ।
कृष्णपुर स्वास्थ्यचौकीमा मात्रै २४ घण्टे सेवा सञ्चालन गर्ने निर्णय भएको उल्लेख गर्दै उहाँले बिरामीको चाप र आवश्यकताका आधारमा अन्य स्वास्थ्यचौकीमा समेत सेवा उपलब्ध गराउने समय विस्तार गर्दे लैजाने बताउनुभयो । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
