Logo
|
Tuesday 16th April 2024
Logo

epaper

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, चार सर्वसाधारणको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाको ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएका छन्।

सन्दिग्ध आक्रमणकारी पनि मारिएको कानुन कार्यान्वयन गराउने अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए।

गोलीकाण्डमा कैयौँ घाइते भएको पनि अधिकारीहरूले जनाएका छन्।

बुधवार एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले भनेः “अहिले भन्नुपर्दा चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएका छन्।”

आक्रमणकारीको अहिलेसम्म पहिचान खुलेको छैन। गोली चलाउँदा उनी आफू पनि घाइते भएको प्रहरीको अनुमान छ।

प्रहरी उपप्रमुखका अनुसार सन्दिग्ध आक्रमणकारीसँग टाढाबाट निसाना लगाउने एउटा बन्दुक र अर्को ह्यान्ड गन पनि थियो।

आक्रमण गर्नुको उद्देश्यबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको छ।

प्रहरी उपप्रमुख डालग्लिशका अनुसार स्थानीय समयअनुसार ४ बजेर ५२ मिनेटमा बन्दुकधारीबारे प्रहरीलाई खबर आएको थियो र त्यसको तीन मिनेटभित्र प्रहरी घटनास्थल पुगेको थियो।

“त्यहाँ पुगेका प्रहरी अधिकारीहरूले गोली चलेको आवाज सुने र त्यही आवाज सुनेर उनीहरू दोस्रो तलातर्फ बढे,” उनले भने।

अधिकारीहरूले दोस्रो तलामा रहेका मानिस लगायतका प्रत्यक्षदर्शीहरूसँग अहिले सोधपुछ गरिरहेका छन्।

एबीसी न्यूजसँग कुरा गर्दै कप्तान रिचर्ड म्यूलेनबर्गले बताएअनुसार प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो।

“त्यो एउटा विभत्स दृश्य थियो,” उनले भने।

राष्ट्रपति जो बाइडनलाई टुलसा गोलीकाण्डबारे जानकारी गराइसकिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्।बीबीसी

प्रतिक्रिया दिनुहोस्