
जनस्वास्थ्य सरोकार, जुम्ला । आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ भन्नेबाहेक अरु सम्बोधन गरेको पाइँदैन ।
कर्णाली राजमार्ग एक लेनमै सीमित छ । भिरमा खोपेर बनाएको एकलेनको सडक, जहाँ गाडी ओहोरदोहोर गर्न निकै गाह्रो अवस्था छ । सरकारलाई राम्रोसँग थाहा हुँदा पनि यसको स्तर वृद्धिका विषयमा बजेटमा सम्बोधन नगरिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको भनाइ छ ।
सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्ग २३२ किलोमिटर लामो छ । यो राजमार्गमा डेढ दशकमा सयौँ मानिसले जीवन गुमाइसकेका छन् । शाही भन्छन्, “जीर्ण र साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न आवश्यक छ ।” सबैभन्दा ठूलो आयोजना धौलीगाड बृहत् खानेपानी बारेमा पनि बजेटमा केही उल्लेख नभएको उनको भनाइ छ । पातारासी गाउँपालिका जुम्लाको लौठचौरमा निर्माणाधिन अवस्थामा रहेको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण योजनालाई पनि वेवास्ता गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
“विश्वको उच्च भागमा धान फल्ने स्थानमा बन्न लागेको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्न आवश्यक थियो”, उनले भने ।रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
