
जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ। नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो।
त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने जस्ता कामलाई प्रथामिकता राखेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए। उनले भने, “ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने तथा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी लागू गरिनेछ।”
ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र गर्भवती तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष शाहीले जानकारी दिए। प्रत्येक महिनाको पहिलो दिन स्वास्थ्य सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र अन्तिम दिन आधारभूत तथा माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ।रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
