
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न १३ वटा अस्पतालहरुलाई परिपत्र गरेको हो ।
हाल पनि धेरै अस्पतालमा मानसिक रोगको उपचारका लागि शय्या छुट्याइएको छैन । उक्त सेवा सुरु भएपछि मानसिक रोगको उपचार गर्न सहज हुने नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले जानकारी दिनुभयो ।
१० शय्या सहित सेवा सुरु गर्न भनिएपनि कतिपय अस्पतालको पुरानो भौतिक संरचना र स्थान अभावका कारण समस्या भइरहेको उहाँको भनाई छ ।
उक्त सेवा सुरु गर्न मनोचिकित्सक, कम्तीमा एक जना क्लिनीक साइकोलोजिस्ट, साइकाइट्रिक्स नर्स र काउन्सिलर जनशक्ति आवश्यक पर्ने डा बरालको जानकारी दिनुभयो । १३ अस्पतालहरुमा डिप्रेसन लगायत उपचारमा प्रयोग हुने इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) उपकरण सहितको सेवा सुरु गरिने शाखाले जनाएको छ । तोकिएका १३ अस्पतालमा सेवा सुरु भएरनभएको बारे अनुगमन भदौदेखि सुरु गरिने डा बरालले उल्लेख गर्नुभयो ।
मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पतालहरु
१. मेची अस्पताल, भद्रपुर झापा
२. कोशी अस्पताल, विराटनगर कोशी
३. राजविराज अस्पताल, सप्तरी
४. जनकपुर अस्पताल, धनुषा
५. वीरगञज अस्पताल, पर्सा
६. हेटौडा अस्पताल, मकवानपुर
७. बागलुङ अस्पताल, बागलुङ
८. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रुपन्देही
९. तुलसीपुर अस्पताल, दाङ
१०. भेरी अस्पताल नेपालगञ्ज बाँके
११. सुर्खेत अस्पताल, सुर्खेत
१२. सेती अस्पताल, धनगढी कैलाली
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
