Logo
|
Friday 26th April 2024
Logo

epaper

७० वर्ष माथिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा



जनस्वास्थ्य सरोकार, धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट ७० वर्ष माथिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको छ ।

नवनिर्वाचित पालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले ७० वर्ष माथिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचन २०७९ मा अमूल्य मतदान गर्नुहुने सम्पुर्ण मतदाता, निर्वाचनमा सहयोग पुर्‍याउने कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ ।

बैठकले ७० वर्ष माथिका नागरिक, पुर्णअपाङ्ग, ६५ वर्ष माथिका अल्पसङ्ख्यक, दलितहरूका लागि कार्यविधि निमार्ण गरी साउन १ गतेदेखि धनकुटा, धरान, विराटनगरका अस्पतालसम्म एक पटक पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको सहिदभुमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन प्रसाद दाहालले जानकारी दिनुभयो ।

यस्तै, अपाङ्ग परिचय पत्र वितरण समन्वय समितिमा १ जना सदस्य मनोनीत गरिएको छ । राजश्व परामर्श समितिमा १ जना महिला रहने गरी २ जना सदस्य मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्