Logo
|
Tuesday 5th July 2022
Logo

epaper

महिला कर्मचारीलाई ९८ दिनसम्मको सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । महिला कर्मचारीलाई सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन दिएको छ ।

कतीपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने व्यवस्था रहेकोले सो अनुसार बिदा उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्