Logo
|
Saturday 27th July 2024
Logo

epaper

केमसानको उपत्यका शाखामा पुण्यप्रसाद नेपालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) उपत्यका शाखामा पुण्यप्रसाद नेपालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । केमसान उपत्यका शाखाको प्रथम साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष जयराम फुँयाल, महासचिव रविकुमार कार्की, कोषाध्यक्ष दिपकप्रसाद दाहाल र सदस्यहरुमा विजय महर्जन, किरण तिमल्सिना र दिनेश कटवाल निर्वाचित हुनुभएको छ ।

केमसानका केन्द्रीय अध्यक्ष सुरेश घिमिरेले टोपी, खादासहित निर्वाचित पदाधिकारीहरुलाई पदीय प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा अध्यक्ष नेपालले केमसानको उपत्यका शाखा विस्तारले स्वास्थ्य संस्थाहरुमा हुने स्वास्थ्य सामाग्रीहरुको आपूर्तिमा संगठित रुपमा अझ नयाँ गति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

केमसानको उपत्यका शाखामा साधारण र आजिवन गरी १ सय ६८ जना सदस्य रहेका छन् ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै केमसानका अध्यक्ष सुरेश घिमिरे एवं पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य भक्त हमालले केमसानको विधान संशोधनपछि शाखा विस्तारले व्यापकता पाएको बताउनुभयो ।

केमसानका सल्लाहकार उमेश शर्मा, सुशिल थापालगायतले रसायन तथा मेडिकल आपूर्तिकर्ताहरु संगठित भएर समस्या परेका कुराको वुलन्द रुपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्