
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ ।
काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।
छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
“मेयर शाहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
